
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरिन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन् ।
राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समूदायप्रति आभार समेत व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गरिन् ।
उनले भनिन्, ‘पुनर्निर्माण तथा पुनस्थापनाको यस कार्यलाई हिजो भन्दा अझ बलियो, भूकम्प प्रतिरोधी एवम् हाम्रा भावी सन्ततीहरुले समेत उपयोग गर्न सक्ने गरी सम्पादन गर्न सफलता हासिल गरेकोमा म प्राधिकरणको नेतृत्व, सम्पूर्ण प्राधिकरण परिवार र उक्त कार्यमा सहयोग पु¥याउने तीनै तहका सरकार, जनप्रतिनिधिहरु, निजी क्षेत्र, सञ्चारकर्मीहरु, भूकम्प प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदाय एवम् प्रत्यक्ष वा परोक्ष रुपले पुनर्निर्माण कार्यमा संलग्न हुनुहुने, हुनु भएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै दुःखको त्यस घडीमा हामीलाई साथ र सहयोग पु¥याउने अन्तराष्ट्रिय समूदायप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
त्यसपछि उनले थपिन् ‘भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव, तथा सिकाईहरु अन्तराष्ट्रिय समूदाय तथा भावी पुस्ताका लागि समेत अनुकरणीय हुनेछन भन्ने मलाई लागेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रुपमा रहनेछन भन्ने मेरो विश्वास छ । हामीलाई दुःख परेका बखत साथ दिने अन्तराष्ट्रिय समुदायसँग, हाम्रा हाम्रा अनुभव र सिकाईहरु साटासाट गर्ने, भविष्यमा सुधार गर्नुपर्ने क्षेत्रहरु पहिल्याउने र विशेषगरी हाम्रो मुलुकलाई विपद् जोखिमबाट सुरक्षित मुलुकका रुपमा उभ्याउनका लागि अवलम्बन गर्नुेपर्ने मार्गचित्र समेत पहिल्याउने उद्देश्यले आयोजना हुन लागेको यो अन्तराष्ट्रिय अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।
अन्तका भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा हामीले प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर हाम्रो मुलुकलाई सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न म सबैमा हार्दिक आह्वान गर्दछु । हाम्रो मुलुक भूकम्प धेरै आउने सम्भावना भएको मुलुकभित्र पर्दछ । यसलाई हामी बदल्न सक्दैनौं । आज हामी गर्वका साथ भन्न सक्छौं–भूकम्पले ढलेको धराहरा अझ बलियोसँग उठाएका छौं । पुनर्निर्माणको यस अभियानले हाम्रो अठोटलाई प्रतिविम्वित गर्दछ । प्रभावित क्षेत्रका सम्पूर्ण जनसमूदाय एवम प्रत्यक्ष वा परोक्ष रुपले भावी पुस्तालाई समेत अनुकरणीय हुने मलाई विश्वास लागेको छ । हामीलाई दुःख परेका बखत साथ दिने अन्तराष्ट्रिय समूदायसँग हाम्रो अनुभव र सिकाईहरु साटासाट गर्ने, भविष्यमा अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । म यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।’
राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समूदायले दिएको बलियो साथको पनि पटक पटक स्मरण गरिन् ।