
काठमाडौं । दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् ।
त्यसपछिका सरकारहरुले नारायणहिटी प्रवेश गर्दा भनेका थिए – दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं ।’ तर दर्जनपटक सरकार परिवर्तन भए तर घटना अहिले पनि रहस्यकै गर्भमा छ ।
नेपाली जनताले सधैं भन्ने गरेका छन् – राजा वीरेन्द्रको वंशनाश हुनेगरी गराइएको दरबार हत्याकाण्डको रहस्य पत्ता लगाइयोस् । त्यति मात्रै होइन, नारायणहिटी दरबार घुम्न आउने दर्शकले लेख्ने गरेका छन् – दरबार हत्याकाण्डको छानबिन होस्