वि.सं.२०७७ असोज- २३,शुक्रवार,ई.सं.२०२० Oct – ०९ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-सप्तमी , १२:३६ बजे उप्रान्त अष्टमी,नक्षत्र-आर्द्रा , २०:३७ बजे उप्रान्त पुनर्वशु,योग-परिघ , २२:५२ बजे उप्रान्त शिव, करण-वव १२:३६ बजेदेखि वालव , २४:४३ बजे उप्रान्त गर,चन्द्रराशि-मिथुन,आनन्दादि योग-पद्म,सूर्योदय-०६:०१,सूर्यास्त-१७:३९, दिनमान-२९ घडी ०५ पला,अष्टमी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,पौरख गरेर देखाउने समय छ,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आर्थिक अबस्थामा सुधार आउनेछ,विशिष्ट नयाँ काम गर्ने मौका छ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रुबाधा स्वतः हटेर जाला,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ, उपचारमा खर्च हुने योग छ,आजको शुभ अंक ६ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आर्थिक समस्या पर्ने छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ, आजको शुभ अंक १ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,सचेत हुनुहाेला, विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला, आजको शुभ अंक ४ रहेको छ ।