अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने

काठमाडौं। आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ। हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ। 

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ। अब यसरी सी-आस्बाबाट उठ्ने मध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रबन्धकले प्राप्त गर्ने भएको छ।

बिज्ञापन