
झापा । ट्रकको ठक्करबाट झापामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै मंगलबार राति ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्ट रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाले जानकारी दिए ।



ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
