नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो ।
आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा २ हजार ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ । जसमध्ये २७ हजार ५३ जना सक्रिय संक्रमित हुन् ।
गत २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना उपचारपछि निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।
विभिन्न जिल्लामा शुक्रबार १० संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।