लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ ।

२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उनलाई कोरोना पुष्टि भएको हो ।

बिज्ञापन

उनी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा छन् । उनमा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।