पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । सोमबार गाउँलेकी आमा सोमादेवीको ९३ वर्षको उमेरमा खुमलटारस्थित निवासमै निधन भएको हो ।

झापाको गौरादह स्थायी घर भएकी मृतक सोमादेवीको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

गाउँले स्वर्गीय सोमादेवीका एक मात्र छोरा हुन् ।