सुनको भाउ सामान्य बढ्यो

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार छ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।