उपत्यकामा आज २१२९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार १ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । मंगलबार काठमाडौंमा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १६७जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज देशभर १५ हजार ५ सय ७७ को पीसीआर गर्दा ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जना सक्रिय संक्रमित हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।