जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

बिज्ञापन

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।