आजको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल वंगालदेश आसपासमा न्युन चापिय क्षेत्र रहेको जनाएको छ ।

बिज्ञापन

महाशाखाका अनुसार हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली भइरहेको छ ।

आज दिउँसो भने प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यता, प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।