आज कति छ सुनचाँदीको मूल्य ?

हिन्दु नेपालीको चाड दशैंपछि सुनचाँदी बजार खुलेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।