
कञ्चनपुर । भानबहादुर हमालले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बाट वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
तर उनी उम्मेदवारी फिर्ता लिएर पुन: पार्टीमै फर्किएका छन् । नेपाली कांग्रेस पार्टीका तर्फबाट वडाध्यक्षको आकांक्षी देखिएका हमाललाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र रूपमा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।तर बुधवार वडा नम्बर १ वैशाखा शिविरमा चुनावी कार्यक्रमका बीच उनी पुन:पार्टी मै फर्किएका हुन् ।