सवारी दुर्घटना १ जनाको मृत्यु २ जना घाईते

मोरङको बिराटनगर महानगरपालिका-३ दुध फारम छेउमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शुक्रवार दिउँसो ४ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL02/N4487 नम्बरको लहरीले पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ ह २८१२ नम्बरको टेम्पोलाई ठक्कर दिंदा टेम्पोमा सवार रहेका बिराटनगर महानगरपालिका-३ की २३ बर्षीया पुजा भट्टराई, उदयपुर बेल्टारकी २५ बर्षीया बिन्दा भट्टराई र टेम्पो चालक बिराटनगर-३ का बिर बहादुर योगी घाईते भएका थिए ।

घाईते भएका तिनै जनालाई उपचारको लागी नोवेल अस्पताल लगिएकोमा उपचारको क्रममा पुजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिज्ञापन