मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ – मोरङको पथरीशनिश्चरे– ८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार करेन्ट लागि मृत्यु हुनेमा सुनसरीको रामधुनी–८ घर भएका ४५ वर्षीय सुवरलाल चौधरी रहेका छन् ।

साँझ ६ बजेतिर एक घरमा बिद्युतका काम गरिरहेका उनी करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।