महारानी झोडा बचत तथा ऋण सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक, झण्डै साडे १० करोडको कारोबार

झापा: तत्कालीन महारानी झोडाको सबैभन्दा पुरानो मानिने महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक प्रतिवेदन २०७७ सार्वजनिक गरेको छ ।

कोभिड १९ को बढ्दो संक्रमणका बाबजुद पत्रकार सहितको सामान्य उपस्थितिमा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

बिज्ञापन

प्रतिवेदनका अनुसार आर्थिक बर्ष ०७६/०७७ मा संस्थाले १० करोड ३९ लाख १९ हजार ५८ रुपयाँ बराबरको कुल कारोबार गरेको देखिन्छ ।
झापाको गौरादह– ५ स्कुलचौन बजारमा आफ्नै भवनमा संचालित यस सहकारीले गत आर्थिक वर्षमा १ करोड १८ लाख २७ हजार १ सय ९२ रुपैयाँ कुल मुनाफा गरेको छ । आयकर लगायतको प्रशासनिक र सामान्य खर्च बाहेक संस्थाको खुद मुनाफा १८ लाख ४० हजार २ सय १९ रुपैँया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल सम्म यस संस्थामा १२ सय ७५ जना सेयर सदस्यहरु रहेका तथा कुल शेयर पुजी १ करोड २९ लाख २३ हजार ८ सय रुपैयाँ रहेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै संस्था अध्यक्ष मित्रदेव काफ्लेले २१ औं साधारण सभा कार्तिक २३ गते देखि २६ गते सम्म शेयर सदस्यता नम्बरका आधारमा विभिन्न ४ वटा समूह निर्माण गरि प्रत्येक समूहका लागि प्रतिवेदनमा प्रस्ताव गरिएका नीति कार्यक्रमका बारेमा छलफल र सुझाव संकलन गर्न छुट्टा छुट्टै मिति निर्धारण गरिएको जानकारी समेत गराएका थिए ।

सेयर सदस्यहरुबाट समूहगत छलफल सम्पन्न गरि प्राप्त राय, सल्लाह र सुझाव सहित साधारणसभा मंसिरको दास्रो हप्ता सम्पन्न गरिने समेत जानकारी गराइएको छ ।