
दमक। झापाको दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन ।
आज साझ कमल ६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन ।इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन ।