
अभिनेता विपिन कार्की उनका सहोदर दाई अभिनेता अर्जुन कार्की सेतो पर्दामा कमब्याक गर्ने देखिएका छन् । करीब ७ वर्षदेखि पर्दाबाट टाढा उनको पछिल्लो रिलिज फिल्म ‘बजार’ हो । फिल्म ‘जंगली मान्छे’ बाट हिरो बन्ने बाल्यकालको सपना पूरा गरेका एक्सन हिरोको रुपमा आफूलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरेका छन् । ‘लभ स्टोरी’, ‘कृष्ण बाबु’, ‘कन्यादान’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘इज्जतदार’, ‘दिदी भाई’, ‘धुम’ लगायतका फिल्ममा काम गरेका उनले प्रायः अभिनेता विराज भट्टसँग फिल्म गरेका छन् । उनीहरु रियलमा निकै मिल्ने साथी हुन् । आजभोली अर्जुन होटल व्यवसायमा व्यस्त छन् ।

बिज्ञापन



