
काठमाडौं—पुँजी बजारका लगानीकर्ताहरुले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन नघटाए आन्दोलन गर्ने बताएका छन् ।

सेयर बजारमा कारोबार बढ्न थाले पनि ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै लगानीकर्ताहरुले त्यो रकम घटाउनुपर्ने र नघटाए आन्दोलनगर्ने चेतावनी दिएका हुन् । केही दिनयता एकै दिनमा ८ र ९ अर्बको कारोबार भइरहेको छ । तर, ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएकोमा यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने उनीहरुको माग छ ।



नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको जानकारी दिइन् छ ।

पहिलो चरणमा कमिशन घटाउनका लागि बोर्डको ध्यानाकर्षण गराउने र सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरु गर्ने तयारी भइरहेको अध्यक्ष पोखरेलको भनाई छ ।