बुटवलको एक होटलमा गोली चल्यो, एक जना घाइते

बुटवलको सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको हो ।

गैडाको खाग तस्करीमा संलग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा तस्करलाईनै गोली लागेको प्रहरीले जनाएको छ ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । एकजना भने प्रहरी घेरा तोडेर भागेका छन् ।