हेटौंडामा पनि देखियो बर्डफ्लु

हेटौंडा- हेटौंडा उपमहानगरमा यस वर्ष पनि बर्डफ्लु भेटिएको छ । कुखुरापालनका लागि उर्वर मानिएको वडा नम्बर–७, नागस्वतीका कुखुरा व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेका लेयर्स प्रजातिका कुखुरामा बर्डफ्लु भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको हो ।

केन्द्र प्रमुख डा। ब्रजकिशोर ठाकुरले फर्ममा रहेका ४ हजार कुखुरामध्ये सयौंको संख्यामा कुखुरा मरिसकेको बताउनुभयो । बर्डफ्लु शंका लागेपछि पशुसेवा विभाग काठमाडौंमा वैशाख ९ गते नमुना पठाइएकोमा बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको डा। ठाकुरले बताए ।

बिज्ञापन

बर्डफ्लु प्रमाणित भएको फर्मको कुखुरा नष्ट गर्ने टोली फिल्डमा गएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

फर्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फर्ममा गरिएको नमुना परीक्षण भने त्यस्तो रिपोर्ट नआएको डा। ठाकुरले जानकारी दिए । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कुकुरा नष्ट गरिने उनले बताए ।