सुनको मूल्यमा  गिरावट

काठमाडौं । आज(मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  गत पुस १ गतेदेखि लगातार बढिरहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तैगरी, आज छापावाला सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँ छ  ।  तेजावी ९४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो (सोमबार) छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो भने तेजावी ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज(मंगलबार) चाँदी प्रतीतोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी १ हजार ३२० रुपैयामा कारोबार भएको थियो ।