एमसीसीको बिरोध गर्ने क्रममा ५ जना युवा पक्राउ

काठमाडौं । एमसीसीको बिरोध गरेको आरोपमा काठमाडौं रबिभवनबाट पाँच जना पक्राउ परेका छन् ।विकृति र विसंगतिको बिरुद्धमा आफुलाई सधै अगाडि बढाउने राष्ट्रवादी युवाहरुले रबिभवन स्थित लिङ्कन स्कुलमा अमेरिकी पत्रकारहरुले केटाकेटीहरुलाई एमसीसी बारे बुझाउने कार्यक्रम थाहा पाएर सो को बिरोध गर्ने क्रममा पक्राउ गरिएको हो ।

 

बिज्ञापन

पक्राउ पर्नेहरुमा सृजना वाग्ले , मनोज सापकोटा , योगराज पोख्रेल , सुरेश गिरी , रोहिणी भट्टराई रहेका छन् । निजहरुलाई अहिले कालिमाटी प्रहरी बृतमा राखिएको जानकारी ओमकारलाई प्रप्त भएको छ ।