ओली समूहको बैठक : नेकपा प्रवक्ताबाट नारायणकाजीलाई हटायाे, प्रदीप ज्ञवाली नियुक्त

काठमाडाैं, ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेकाे छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हाे । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए । श्रेष्ठलाई पार्टी एकताको बेलामानै प्रवक्ता तोकिएको थियो ।

श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता आक्रामक देखिँदै आएको थियो।

बिज्ञापन

बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।

नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराउनुभएको थियो ।