ताजपुरिया भाषाको “आईटम पिस” गीत चाडै सार्वजनिक हुने

ताजपुरिया भाषाको “आईटम पिस” अडियो डान्सिङ्ग गीत चाडै सार्वजनिक हुने भएको छ । ताजपुरिया मिडिया मञ्च नेपालको प्रस्तुति र ताजपुरिया कला संस्कृति बिकास समिति गौरादह झापाको सहकार्यमा उक्त गीत बजारमा आउन लागेको हो ।

गीतमा स्वर चित्र ताजपुरिया र अनुमा चौधरीको रहेको छ । शब्द राजकुमार ताजपुरिया र संगीत चित्र ताजपुरियाकै रहेको छ भने, एरेन्ज बलराम राजवंशीले गर्नुभएको छ ।

बिज्ञापन

गीतले अहिलेका यूवा पुस्ताको मन जित्ने, सबैको रुचि अनुसारको गीत बनाएको, सबैले मनोरञ्जन गर्न सक्ने र सबैले मनपराईदिनुहुने विश्वास लिएको रचनाकार राजकुमार ताजपुरियाले बताउनु भयो । साथै यस गीतको भिडियो सुटिङ्ग पनि चाँडै आरम्भगरी यस बर्ष भित्रै  सम्पन्न गरि दर्शकमाझ चाँडै ल्याउने समेत बताउनु भयो ।