धरहरा निर्माणमा फेरि विवाद :  व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको भन्दै विवाद झिके

काठमाडाैं । धरहरा निर्माणमा फेरि विवाद देखिएको छ । धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् ।

व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्‍न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए । ‘उनीहरूले कामै रोकेको त होइन । तर, काम गर्न बाधा भयो । निर्माणस्थलमा काम गर्न ठूला मेसिन चलाउनुपर्छ । सामान ल्याउनका लागि ट्रकको आवतजावत पनि उत्तिकै हुन्छ ।

बिज्ञापन

मानिस हिँड्दा काम गर्न अप्ठ्यारो हुन्छ । दुर्घटना पनि निम्तन सक्छ भन्ने चेतावनी ठेकेदारले दिएका छन् ।’ मानन्धरले भने, ‘वैकल्पिक बाटोको लागि पनि हुलाकले मानेको छैन ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।