राष्ट्रियसभाको निर्वाचनः भागबण्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं — राष्ट्रियसभाको निर्वाचनको विषयमा छलफल गर्न गठबन्धन दलहरुको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान राष्ट्रियसभाको निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

आगामी फागुनदेखि ४ वर्षे कार्यकाल पुरा गरेका राष्ट्रिय सभाका २० सांसदको समय सकिँदैछ ।