
दमक । नेपाल विद्युत प्रधाधिकरण गौरादह शाखाले आफ्ना ग्राहकहरुको सुविधाको लागि बिल तिर्न अनलाइन सेवा उपलब्ध गराएको छ ।शाखाले सूचना निकाल्दै सो कुराको जानकारी गराएको हो ।

आफ्ना ग्राहकहरुलाई लामो समय अफिसको काउन्टरमा लाइन लागेर बिल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउनको लागि अनलाइन सेवा उपलब्ध गराएको हो । अब विद्युत प्राधिकरण गौरादह शाखाका ग्राहकहरुले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत बिल भुक्तानी गर्न सक्नेछन् ।
बिज्ञापन



प्राधिकरणले ई-सेवा,पे पोइन्ट , सिटि एक्प्रेस , नेपाल इन्भेस्टमेन्ट बैंक , महालक्ष्मी विकास बैंक ,हिमालय बैंक लगायतका सेवा प्रदायक वित्तीय संस्थाबाट बिल भुक्तानी गर्न सकिने सूचना मार्फत जानकारी गराएको छ ।साथै ग्राहकहरुले तोकिएको समयमा बिल भुक्तानी नगरे लाइन काटिने समेत सूचनामा उल्लेख गरेको छ ।
