अब सगरमाथा आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

अब सगरमाथाको आधार शिविरमा जाँदा कोरोना भाइरसको परीक्षणको रिर्पोट नचाहिने भएको छ । सो आधार शिविरि रहेको पासाङल्हामु गाउँपालिकाले प्रवेशका पिसिआर रिपोर्ट अनिवार्य नगर्ने निर्यण गरेसँगै सो नियम हट्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार १० माघबाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको जानकारी दिए ।  कोभिड १९ को संक्रमण दर घट्दै गएको, नेपाल सरकारले लकडाउनलाई पूर्णतया हटाएको साथै कोरोनाको खोप आइसकेका कारण गाउँपालिकाले पिसिआर अनिवार्य नगर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको सो निर्णयसँगै सगरमाथा क्षेत्रममा पर्यटकको चाप बढ्ने अनुमान गरिएको छ ।