
उदयपुर । बुधबार बिहान उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
उदयपुरको बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा ठक्कर दिँदै दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङ रहेका छन्। प्रहरीका अनुसार दुर्घटनास्थल निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्ड अन्तर्गत लाटी खोला भन्ने ठाउँमा पर्छ।
बेल्टारबजार तर्फ नै जाँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्नेक्रममा अत्याधिक रुपमा सडक चाप्दै टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा भएता पनि चालक र सह चालक भने फरार छन्। हाल उनीहरुले प्रहरीले खोजि गरिरहेको छ।