
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।




वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,भौतिक साधनहरू जुटाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रेम सफलरूपमा अघिबढ्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,सुखदुःखमा साथ पाइनेछ,समस्याहरू धेरै आउनेछन्, कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला, रोगबाट छुटकारा मिल्नेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावाना छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ,कर्मसिद्धिको समय छ, स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने,आजको शुभ अंक १२ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ,सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,राज्यबाट सम्मान हुने,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने, धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।