पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६८ वर्षीय चौधरी पक्राउ

वर्दिया । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले प्रकाउ गरको छ । पाँच वर्षीया बालिकालाई ६८ वर्षीयले करणी गरेको आरोपमा उनलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ ।

 

राजापुर नगरपालिका– ५ बदालपुर बस्ने ६८ वर्षीय लखन लाल चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

चौधरीले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको बताईएको छ।

 

जबरजस्ती करणीको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।