उदयपुरको चौदण्डीमा आगलागी, चार घर जलेर नाष्ट , ३५ लाखको क्षति

उदयपुरको चौदण्डी नगरपालिका ५ सिवाइमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमबहादुर अनुसार विहीबार भएको आगलागीले स्थानीय भोला चौधरी ,रामेश्वर चौधरी ,अशोक चौधरी र धर्मेन्द्र चौधरीको घर पूर्ण रूपमा जलेको नष्ट भएको छ । उनका अनुसार काठ, टाटिको बेरा र टिनको छानो भएको २ तले घर घरमा रहेको अन्नपात भाँडाबर्तन, लत्ताकपडा नगद जलेर क्षति हुँदा अन्दाजि ३५ लाखको क्षति भएको छ ।

आगलागी बाट एक हप्ता अगाडी मात्र सुत्केरी भएकी एक महिला सुरक्षित रहेकी छिन् । आगोले कुनै पनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ । स्थानीय बासी, प्रहरी र दमकलको सहयोग आगो नियन्त्रणमा लिइएको हो । आगलागी भएको कुनै कारण खुल्न नआए पनि गोठमा रहेको कुखुरा खोरमा प्रयोग गरेको भुसमा सुली डढाउन आगो बाल्दा सोही आगो सल्केर आगलागी भएको बुझिइ्एको छ । अचानक भएको आगलागि पीडितले कुनै पनि सरसामान आफुहरु माझ नभएको भन्दै तत्काल सहयोगको अपेक्षा गरेका छन् । उनिहरुले सम्बन्धित स्थानीय सरकार, संघ संस्था, व्यक्तिहरुमा सहयोगको अपिल समेत गरेका छन् ।

बिज्ञापन