एनआइसी एसिया बैंकलाई ग्राहकले दिए `ठग´को उपाधि

दकम । `बैंकिङ सेक्टर ´ मा आफुलाई महारथी ठान्ने एनआइसी एसिया बैंकलाई उसका आफ्नै ग्राहकहरुले `ठक´को उपाधि दिएका छन् ।एनआइसी एसिया बैंकले आफ्नो आधिकारिक फेसबुक पेजमा केही समय अगाडि ग्राहकलाई आकर्षण गर्ने उदेश्यले आकर्षक सुचना निकाल्यो ।अनलाइन खाता खोल्दा २१ लाखको बिमा सुविधा दिने योजना सहितको उक्त बिज्ञापनको उदेश्य ग्राहकलाई आकर्षण गर्नु थियो ।तर ग्राहक आकर्षक हुनुको साटो उल्टो विकर्षण भई बैंकलाई नै ठगको संज्ञा दिएका छन् ।


बैंकले ५ मिनेटमै अनलाइनबाट खाता खोल्न सकिने भन्दै खाता खोल्दा २१ लाखको बिमा सुविधा दिने , निःशुल्क ई कमर्स एक्टिभेसन ,निःशुल्क मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ , निःशुल्क क्रेडिट कार्ड तथा डेविड कार्ड , २३ सय भन्दा वढी पसलहरुमा बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा ३०% सम्म छुट जस्ता आकर्षक योजना सहित बिज्ञापन गर्दा समेत ग्राहकले बैंकलाई पत्याइ दिएनन् , उल्टो `ठग´ को संज्ञा दिए ।

बिज्ञापन

उक्त बिज्ञापनमा अधिकांश ग्राहकहरुले कमेन्ट गरेर आफ्नो दुखेसो पोखेका छन् ।`मैले बिमा दाबी गरेको ६ महिना भयो , अहिलेसम्म पाएको छैन ।खालि बिज्ञापन गरेर मात्र भएन , काम भएको पनि देखाउनु पर्यो ।´ घले गुरुङ तास कासी लेख्छन् ।त्यस्तै कमेन्ट गर्दै रामकृष्ण ढकाल लेख्छन् ` जिन्दगीको गोरोटोमा पैसा कमाइयो भने झोलाभरि पैसा खाँदेर जमिनमुनि गाडेर राखिन्छ तर यो बैंकमा खाता मरेनि खोलिन्न । तनाव ज्यादा ।´ `खाता नखोलिन्जेल विभिन्न प्रलोभन , खाता खोलेपछि बाल मतलव छैन ।बेमान।´ महेस एम बज्राचार्यले लेखे ।


रमेश चौधरीले त अझ बैंकले खाताको पैसा गायव गरेको आरोप लगाउदै लेखे `१ हजारमा खाता खोल्नुस् १ वर्षमा व्यज आएर बढ्नुको सट्टा १ हजार नै गायब हुन्छ ।´ ` न्यु प्रिमियम सुपर चमत्कारिक खाता खोल्न लगायो तर ब्याज १.५ प्रतिशत मात्र अनि पुरानो खातामा फर्किन ५ सय चार्ज लाग्छ रे लाइफमा बिश्वास गर्न नहुने बैंक ´ नरेन्द्र श्रेष्ठले कमेन्टमा लेखे ।

प्रकाश बस्यालले त बैंकलाई ठगको संज्ञा दिदै लेखे `५% व्याज दिन्छु भनेर १.५% दिने ।´`झुक्किएर पनि अनलाइन खाता नखोल्नु ५ मिनेटमा हुने काम पछि ५ दिन धाउदा पनि पूर्ण हुदैन, दुःखद ।´ कृष्ण आचार्यले सुझाव दिदै लेखे ।

त्यसो त एनसाइसी एसिया बैंकले गरेका कुकार्यहरु बेला बेला संचार माध्यमहरुमा नआएका हैनन् ।यसरी देशकै प्रतिष्ठित बैंकको बिरुद्धमा ग्राहकहरुले आरोप लगाएर प्रतिक्रिया आउदै गर्दा बैंकले आफुमा सुधार ल्याउने पहल नगरी ग्राहकको पिडालाई बेवास्ता गर्नु आफैमा निन्दनीय त छदैछ तर सम्बन्धित निकायहरुबाट बैंकलाई सुधार गर्न पहल नगर्नु वा कारबाहीको दायरामा नल्याउनु अझ निन्दनीय देखिन्छ ।