
काठमाडौ । चक्कर लाग्नु आम समस्या हो । कहिले कहिं चक्कर लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा चक्कर लाग्न सक्छ । तर, पटक पटक चक्कर लाग्छ भने त्यसलाई सामन्य रुपमा लिनु हुँदैन ।
चक्कर किन आउँछ ?
– चक्कर लाग्नुको प्रमुख कारणमा रगतमा शुगरको स्तरमाच गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदि हुन् ।
– अत्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि चक्कर लाग्न सक्छ ।
– मस्तिष्कमा रगतको कमी, नसा फुट्नु, ब्रेम ह्म्याब्रेज, ब्रेन ट्युमर, खाद्य पदार्थ, औषधीको एलर्जी, माइग्रेन, शारीरिक दुर्बलता, मादक पदार्थ वा नसालु चिजको सेवनले पनि चक्कर लाग्छ ।
– गर्भावस्थामा निम्न रक्तचाप, थाइराइड, मासिक धर्मको कारणले चक्कर लाग्छ ।
– वान्ता, कब्जियत, ज्वरो जस्ता कारणले चक्कर लाग्छ ।
– शरीरमा नुनको मात्रा कम हुँदा चक्कर लाग्छ ।
– गर्भवती महिलामा रगतको कमीले चक्कर लाग्छ ।
चक्कर लाग्ने लक्षण
– टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु ।
– शारीरिक कमजोरी महसुष हुनु, चक्कर लागेर लड्नु, वान्ता हुनु, बोल्नुमा कठिनाइ हुनु आदि ।
के छ घरेलु उपचार ?
– घिउमा ५० ग्राम किसमिस हल्का आँचमा पकाएर स्वाद अनुसार नुन मिसाउने । त्यसलाई दिनमा तीन पटक सेवन गर्नुपर्छ ।
– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्नुपर्छ ।
– यदि तपाईलाई गर्मीको कारणले चक्कर लागेको छ भने अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने । बिहान यसलाई छानेर पिउनुपर्छ ।
– बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्नुपर्छ ।
के खाने ?
– सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।
– कमजोरीले चक्कर लागेको छ भने एक कप पानी वा दुधमा एक चम्चा ग्लुकोज घोलेर पिउने ।
– अमलाको सर्वत पिउने ।
– धेरै मसलेदार, चिल्लो खानेकुरा सेवन नगर्ने ।
– एलोपेथिक औषधी आफुखुसी सेवन नगर्ने ।
– हरेक दिन ७ गिलास पानी पिउनुहोस् ।
चक्कर लाग्छ भने के गर्ने ?
– पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिँड्नहोस् । अग्ला-होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्नुहोस् ।
– चक्कर आउनसाथ आरमसाथ बस्नुहोस् । सुविधा हुनसाथ ओछ्यानमा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् ।
– निदाउने कोसिस गर्नुहोस् । पर्याप्त निन्द्रा लिनुहोस् ।
– नियमित रुपले व्यायाम, योगासन गर्नुहोस् ।
– चक्कर आयो भने विस्तारै विस्तारै गहिरो सास लिनुहोस् ।
– चिया, चुरोटको सेवन नगरौं ।
– मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।
– चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्नुहोस् । किनभने त्यसले उच्च रक्तचाप बढ्छ ।