
नेपाली बजारमा आज (बिहीबार) सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो (बुधबार)छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
बिज्ञापन



हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
