
काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य सरुवा भएका छन् । विहीवार अर्थमन्त्रालयले आचार्यलाई सो जिम्मेवारी दिएको हो । आचार्य यसअघि अर्थमन्त्रालयकै वित्त क्षेत्र व्यवस्थापन महाशाखाको प्रमुख थिए । अर्थमन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभाग महत्वपूर्ण मानिने भएकाले अर्थमन्त्री विष्णु पौडेलले सहसचिवमध्येका अहिलेसम्म विवादमा नपरेका आचार्यलाई छानेका हुन् ।

यसअघिका आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा भएपछि खाली रहेको ठाउँमा आचार्यलाई पठाइएको हो ।
बिज्ञापन



