
काठमाडौं। निर्वाचन आयोगले मंसीर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ ।

निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने पनि उनले जानकारी दिएका छन् । असोज १५ गतेदेखि २० गते सम्ममा एक सय ६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।
बिज्ञापन



