मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

आज मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

बिज्ञापन