अब भारतभित्र होइन, ग्रेटर नेपालभित्र ‘गोर्खाल्यान्ड’ बनाउनेतर्फ पाइला अघि बढ्नुपर्छ

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रिवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय संविधान अनुसार कुनै पनि हालतमा भारतमा गोर्खाल्याण्ड बन्न नसक्ने तर्क प्रस्तुत गरेका छन् । जवरजस्ती राजनीतिक निर्णय गरेर गोर्खाल्याण्ड बनाइए पनि त्यसलाई रोक्ने हैसियत नेपालले नराख्ने उनको भनाई छ ।

 

करिब ६०, ००० बर्ग किलोमिटर नेपालीभूमि निर्लज्जतापूर्वक उपनिवेश कायम गर्दै आइरहेको भारतका निम्ति अर्को निर्लज्जता देखाउनु कुनै अस्वभाविक होइन तर विधिसम्वत तरिकाले गोर्खाल्याण्डको निर्माण गर्ने हो भने पहिले गोर्खाल्याण्ड भनिने भूभागको चारककिल्ला निश्चित हुनुपर्ने उनले बताए ।

 

उनले भने,’ त्यसका निम्ति भारतले नेपाल, बेलायत, चीन, पाकिस्तान, बङ्गलादेश र भुटानबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्छ । भारतभित्र पनिपश्चिम बंगाल, असम, बिहार र (सिक्किम नेपालले दाबी गरेका दिन सिक्किम भारतीय राज्य रहने छैन) ले स्वीकृति दिनुपर्छ ।

 

नेपालले एनओसी दिनु भनेको चाहिँ भारतसँग सुगौली सन्धिको अनुमोदन गर्नु भएको भन्दै उनले अब त्यस्तो हुन नसक्ने बताए । अब भारतभित्र होइन, ग्रेटर नेपालभित्र ‘गोर्खाल्यान्ड’ बनाउनेतर्फ पाइला अघि बढाउनुपर्ने उनले बताए ।