
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम समूहको बैठक आज बस्दैछ । गौतमले आफ्नो समूहको बैठक आज बोलाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै आएका छन् ।