सुन तोलामा १८ सय रूपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १८ सय रूपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १८ सय रूपैयाँले घटेको छ ।

बिज्ञापन

आज तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।