
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नयाँ राजदूतमा डा.नरेशविक्रम ढकाललाई नियुक्त गरेकी छन ।
संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
सरकारले गत २५ चैतमा २० जनालाई विभिन्न देशको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।