ढुंगामा च्यापिएर बालकको मृत्यु

सुर्खेत । दैलेखमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।नौमुले गाँउपालिका- ३ बालुवाटाका ११ वर्षीय प्रकाश दर्लामी मगरको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार बिहान द्वारी खोला क्षेत्रमा काफल खान गएका ती बालकको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुंगा पल्टिएर मृत्यु भएको हो ।बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको छ ।