
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा शनिबार राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

राति पौने १० बजे स्व. मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरमा सवार चौदण्डीगढी नगरपालिका–२ का २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो।
बिज्ञापन



प्रहरीका अनुसार अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर उनी घाइते भए। बेल्टार अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
