सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिज्ञापन