
राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । त्यसमा आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।
बिज्ञापन



यो बिल आउँदो असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । यो बिल भने आउँदो असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।