झापाकी १५ बर्षिय बालिकाले आफ्नै मामाले गरेको बलात्कारको पोल खोलेपछि…..

झापा । झापाको शिवसताक्षी नगरपालिकाकी १५ वर्षिया एक बालिकालाई उनका मामाले पटक–पटक बलात्कार गर्दै आएको प्रहरीलाई सुनाएकी छिन । परिवार र आफन्तलाई भन्न नसकेको कुरा उनले प्रहरीलाई भनेकी हुन ।

 

झापामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसँग एकदिन कार्यक्रममा उनी सहभागी भइन, त्यसपछि उनलाई आफूमाथि भइरहेको ज्यादतीबारे बोल्ने आँट आयो । फलस्वरुप, शिवसताक्षीकी ती बालिकाले मामाको कुर्ततबारे बोल्न सकिन् ।

 

झापा प्रहरी प्रमुख प्रहरी एसपी दिनेशराज मैनालीले सँग उनले सो कुरा बताईन ।

 

प्रहरीसँग एकदिन कार्यक्रममा सरिक भएपछि उनले सुरुमा आफूमाथि भइरहेको ज्यादतीबारे साथीहरुलाई भनिन् । साथीहरुले शिक्षिकालाई भने । र, शिक्षिकाले प्रहरीलाई घटनाबारे जानकारी गराइन् । त्यसपछि ईलाका प्रहरी कार्यालय झिलझिलेले ती बालिकाका मामालाई पक्राउ गरि आवश्यक कानुनी कारवाही अघि बढायो । बालिकाका ४१ वर्षीय मामा अहिले पुर्पक्षका लागि थुनामा छन् ।