
काठमाडौं । महानगरिय प्रहरी बृत्त बलाजुले बुद्धको सुनको मूर्ति भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मूर्ति भन्दै साठी लाखमा बार्गेनिङ गरिहरेका चार जनालाई बालाजु बृत्तले पक्राउ गरेको हो ।

बिज्ञापन



प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ पर्नेमा रामेछाप मन्थलीका ३२ वर्षीय बसन्त श्रेष्ठ, बर्दिबास ८, महोत्तरीका २० वर्षीय अनिल बानिया, भिमेश्वर १ दोलखाका ५२ वर्षीय रामराज सिबाकोटी र माज्कोट–२ तनहुँका २३ वर्षीय मीन बहादुर कुँवर रहेका छन् ।
